हाम्रो इतिहास

१९५०को आखिरीतिर, जब नेपाल बाहिरी संसारको लागि खुला भयो, डा. स्टान्ली र रेलेने स्टर्गेस र उहाँहरूका छोराछोरीहरू नेपालको लागि पहिलो सेभेन्थ-डे एड्भेन्टिस्ट मेडिकल मिसनेरी हुनुभयो । आफूहरूले कहाँ राम्रो प्रकारले काम गर्न सकिन्छ भनेर उहाँहरूले राजा महेन्द्रलाई सोध्नुभयो र उहाँहरूलाई देशको राजधानीको पूर्वतिर रहेको बनेपा गाउँमा पठाइयो ।

स्टर्गेस परिवारले समुदायमा रहेकाहरूको अत्यन्त जरुरी र तात्कालिन उपचारको निम्ति एक कोठे क्लिनिकबाट सुरु गर्नुभयो । १९६० मा उहाँहरूले त्यसलाई २० शय्याको अस्पतालको रूपमा विस्तार गर्नुभयो । त्यो समयमा, त्यो क्षेत्रमा रहेका करीब पाँच लाख मानिसहरूको सेवा गर्ने एउटा मात्रै अस्पतालको रुमा शीर मेमोरियल अस्पताल रहेको थियो । आफ्नोे मातापिता चार्ल्स जे र क्यारोलिन शीरको सम्झनामा श्री क्लिफोर्ड सी. शीरले अस्पताल बनाउन आवश्यक धेरैजसो रकम सहायता गर्नुभयो । अस्पतालका सामाग्री तथा औजारहरू, कोठाको सजावट, र आवश्यक औषधीहरू केयर तथा सेभेन्थ-डे एड्भेन्टिस्ट चर्चबाट आयो ।

अहिले हामी कहाँ छौं

सुरुवातका ती कमजोर वर्षदेखि नै र सेभेन्थ डे एड्भेन्टिस्ट चर्चको स्वयंसेवकीय तथा आर्थिक सहायताको साथमा संचालन भइरहेको शीर मेमोरिएल अस्पताल हाल १५० शैय्या सहितको तीन तले भवनमा विरामीहरूको बहिरंग र अन्तरंग सेवाकोसाथमा उपचार गरिरहेको छ । हामी हड्‌डी सम्बन्धी, प्रसुति सम्बन्धी, स्त्री रोग सम्बन्धी, तथा बालरोग सम्बन्धी उपचारमा विज्ञता राख्छौं । अन्य उपलब्ध सेवाहरूमा: मेडिकल, जनरल सर्जरी, डेन्टल, अप्थालमोलोजी, युरोलोजी, आइसीयु, २४ घण्टा इमरजेन्सी रुम, र एम्बुलेन्स सेवा साथै फिजियोथेरापी सेवाहरू पनि उपलब्ध गराउँछौं । परीक्षणहरूमा एक्सरे, अल्ट्रासाउन्ड, ल्याब, इसीजी, र इन्डोस्कोपी पनि उपलब्ध छ । साप्ताहिक रूपमा प्रदान गरिने बाह्‌य क्लिनिकहरूले शीरले उपलब्ध गराउने स्वास्थ्य उपचारबाट दुर्गममा रहेका समुदायहरूलाई लाभ प्रदान गरेको छ ।

अमेरिका, नेदरल्याण्ड, अष्ट्रेलिया र जापानबाट आएका व्यवसायिक स्वास्थ्य टोलीहरूद्वारा शीरमा निःशुल्क स्वास्थ्य शिवीर संचालन गरी जलेका पीडितहरूलाई सर्जिकल उपचार, पाठेघर खस्ने, र ओठ तथा तालु चिरिएका विरामीहरूको उपचार उपलब्ध गराइन्छ ।

शीमेएअको बारेमा

६० बर्षदेखि, शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल (शीमेएअ) ले अविच्छिन्‍न रूपमा काभ्रेपलान्चोक तथा ’roundमा रहेका जिल्लाहरूमा चिकित्सकीय उपचार प्रदान गरेको छ । काठमाडौं पूर्वको एउटा पहिलो अस्पतालको रूपमा, यो निकायले विरामी केन्द्रित उपचारमा नयाँ सृजनशीलता र करुणाको निम्ति रहेको जोशमा एउटा विरासत बनाएको छ । शिमेएअले नेपालमा पहिलो ल्याप्रोस्कोपी सर्जरी गरेको हो । हामीले देशमा पहिलो पीडाप्रतिरोधी उपचार व्यवस्था सुरु पनि गरेका हौं । दशकौदेखि हामीले गरीब तथा निमुखा विमारीहरूलाई उनीहरूले तिर्न नसक्ने अवस्थामा महत्वपूर्ण छुटहरूमा उपचार उपलब्ध गराएका छौं ।

about smah

शिमेएअको संरचनात्मक विवरण

स्थान: बनेपा, काभ्रेपलान्चोक, नेपाल
स्थापना: १९६०
प्राथमिक क्षेत्र: बनेपा नगरपालिका तथा काभ्रेपलान्चोक जिल्ला
अन्य क्षेत्र: भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, ओखलढुंगा
अनुमतिप्राप्त शैय्या संख्या: १५०
पूर्णकालीन तथा आंशिक समय कर्मचारीहरू: ३००
उपलब्ध सेवाहरू: एनेसथेसिया, मुटुसम्बन्धी (इको, इसीजी तथा कारोटिड डोप्लर), दातसम्बन्धी, छालासम्बन्धी (यौनजन्य छालारोग तथा कुष्टरोग), आपतकालीन सेवा, एन्डोक्रिनोलोजी, नाक कान घाँटी, जनरल सर्जरी (ल्याप्रोस्कोपी सर्जरी), इन्टरनल मेडिसिन, ल्याब, प्रसुति तथा स्त्रीरोग, अर्थोपेडिक सर्जरी, आउटरिच क्लिनकहरू, बालरोग, फिजियोथेरापी, अल्ट्रासाउन्ड, यरोलोजी र एक्सरे