
शीर मेमोरिएल एड्भेन्टिस्ट हस्पीटल मेडिकल इन्स्टिच्यूट, कलेज अफ नर्सिङ (शीमेएहमेइ–कअन), १९ सेप्टेम्बर २००५ मा स्थापित भएको हो । यो शीमेएअ कम्पेल्क्समा अवस्थित छ । बिएससी नर्सिङ कार्यक्रम काठमाडौं विश्वविद्यालय धुलिखेल, काभ्रेसँग सम्बन्धन प्राप्त छ । प्रथम वर्षका विद्यार्थीहरूले इन्टिग्रेटेड हेल्थ साइन्सेज १, २ , र ३ विषयमा काठमाडौं विश्वविद्यालय विज्ञान अध्ययन प्रतिष्ठानका (केयुएसएमएस) प्रोफेसरको मातहतमा सैद्धान्तिक र व्यवहारिक कक्षाहरू लिन्छन् । यसैले, हाम्रा विद्यार्थीहरूले केयुएसएमएसका अनुभवी प्रोफेसरहरूद्वारा उच्च गुणस्तरीय शिक्षा पाइरहेका छन् र संजालको विकास गरिरहेका छन् ।
शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल (शीमेएअ) का १५० वटा शैय्याहरू छन् । शीमेएअ एउटा पूर्ण उपचार सेवा गर्ने अस्पताल हो । यसैले, हाम्रा विद्यार्थीहरूले हाम्रो आफ्नैै अस्पतालमा क्लिनिकल अभ्यास गर्ने पूरा मौका प्राप्त गर्छन् । कलेजमा सबैखाले सुविधाहरू उपलब्ध छ, जसमा कक्षाकोठा, आधारभूत विज्ञान प्रयोगशाला (ल्याब), पोषण ल्याब, श्रव्यदृश्य ल्याब, कम्प्यूटर ल्याब, पुस्तकालय, प्रदर्शनी कोठा, अफिसहरू, सम्मेलन हल, भिजिटिङ कोठा, क्यान्टीन, होस्टेल र अन्य अर्थपूर्ण शिक्षण र सिकाइ अनुभवका लागि आवश्यक भौतिक सुविधाहरू उपलब्ध रहेको छ ।
शीमेएहमेइ–कअनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चर्चित कलेज तथा विश्वविद्यालयहरूसँग सम्बन्धहरू विकास गरेको छ । ताकि हाम्रा विद्यार्थीहरू विभिन्न नर्सिङ शिक्षा प्रणालीसँग, शिक्षक पद्यतिहरूसँग, उच्चस्तरीय प्रविधिहरूसँग अभ्यस्थ हुन, क्लिनिकल अभ्याससँग, प्रयाप्त भौतिक सुविधाहरूसँग र संस्थागत व्यवस्थापनसँग परिचित हुनसकून् ।
शिक्षकहरू विद्यार्थीहरूको अर्थपूर्ण सिकाइ अनुभवका लागि समर्पित छन् । शिक्षकहरू विद्यार्थीहरूको लागि आदर्शपात्रहरू हुन् किनकि हामीले खोजअनुसन्धान र जीवनकालीन सिकाइको भाव प्रदर्शन गर्छौं । योग्य र अनुभवी शिक्षकहरू शिक्षणमा, क्लिनिकल अभ्यासमा, रिसर्चमा, परामर्शमामा र अन्य गतिविधिहरूमा सरिक हुन्छन् । नतिजास्वरूप, हामीकहाँबाट दीक्षान्तीत विद्यार्थीहरूले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा १०० प्रतिशत पास भएका छन् ।
पाठ्यक्रम बाहेक हामीकहाँ अतिरिक्त क्रियाकलापहरू हुन्छ । खेलकूद र सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई शारीरिक र सामाजिक रूपमा बढ्न सहायता गर्छ । हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरू बोलाएर हाम्रा विद्यार्थीहरू तथा शिक्षकहरूलाई विभिन्न स्वास्थ्य सम्बन्धी तालिम दिने गर्छौं । यस्ता खाले तालिमले हामीकहाँबाट दीक्षान्तीत भएकाहरूको जागिर पाउने सम्भावनामा योगदान प्रदान गर्छ । यसैले, हाम्रा सत प्रतिशत दीक्षान्तीत विद्यार्थीहरूले दीक्षान्त प्राप्त गरेलगत्तै बजारमा काम पाइहाल्छन् ।
हाम्रा विद्यार्थीहरू, कर्मचारीहरू, शिक्षकहरू तथा प्रशासकहरूकोतर्फबाट हाम्रो गौरवशाली अध्ययन संस्थानको एउटा भाग हुनको लागि स्वागत गर्न पाउनु हाम्रो शौभाग्यको कुरा हो ।
तारा जङ गुरुङ, पीएडी
भीपी अफ एकेडेमिक्स













ट्युसन शुल्क: जानकारीको लागि कलेजमा सम्पर्क गर्नुहोला ।
छात्रवृत्ति: छात्रवृत्ति उपलब्ध हुनसक्छ, थप जानकारीको लागि कलेजमा सम्पर्क गर्नुहोला ।
सम्पर्क:
शीर मेमोरिएल एड्भेन्टिस्ट हस्पीटल एण्ड मेडिकल इन्स्टिच्यूट,
कलेज अफ नसिङ,
बनेपा, नेपाल
फ्याक्ल्टी सदस्यहरू

निर्मला मानन्धर,
प्रिन्सिपल, सहप्राध्यापक

प्रतिमा मानन्धर,
आरएन, सहप्राध्यापक

रूपा लक्ष्मी श्रेष्ठ, आरएन, सहायक प्राध्यापक

दिव्यश्वरी लाखे पोटे, आरएन, लेक्चरर

रुबी प्रधान, आरएन, लेक्चरर

रचिता न्यौपाने, आरएन, लेक्चरर

नेहा श्रेष्ठ, आरएन, लेक्चरर
