इन्डोक्राईनोलोजी

इन्डोक्राईनोलोजी (Endocrinology) भनेको के हो?

कस्ता किसिमका समस्याहरूमा इन्डोक्राईनोलोजिस्ट (Endocrinologist) सँग परामर्श लिनुपर्दछ ?

इन्डोक्राईनोलोजी (Endocrinology) अर्थात हर्मोन सम्बन्धी रोगहरूको अध्ययन गर्ने विधा चिकित्सा शास्त्रको एउटा विशेष अङ्ग हो । यसले विभिन्‍न हर्मोन उत्पादन गर्ने ग्रन्थीहरू, हर्मोनका गडबडीहरू र कामहरूको सूक्ष्म र जटिल अध्ययन गर्दछ । हर्मोन भनेको इन्डोक्राइन ग्रन्थीहरूबाट निसर्जित रसायनहरू हुन् जसले शारीरिक सन्तुलन, Metabolism (मेटाबोलिज्म), पाचन र पोषण, प्रजनन स्वास्थ्य, शारीरिक विकास इत्यादिमा नियन्त्रण र नियमन गर्दछन् ।

विभिन्‍न ग्रन्थीहरू जस्तै पिट्‌युटरी (Pituitary), थाइराइड (Thyroid), ओभरिज (Ovaries), टेस्टिस (Testes), प्यान्क्रियाज (Pancreas), इत्यादि इन्डोक्राइन प्रणालीका अङ्गहरू हुन् ।

इन्डोक्राईनोलोजिस्ट भनेको को हो ?

इन्डोक्राईनोलोजिस्ट (Endocrinologist) भनेको हर्मोन रो सम्बन्धी बिशेषज्ञता हासिल गरेको डाक्टर हो जसले सामान्य चिकित्सामा (Internal Medicine) पनि बिशेषज्ञता हासिल गरेको हुन्छ ।

मधुमेह (Diabetes) र थाइराइड (Thyroid) सम्बन्धि समस्याहरू जस्तै: Hypo/hyperthyroidism, बच्‍चाहरूको शारीरिक बिकासमा हर्मोनको अभावले आउने समस्याहरू, हर्मोनको कारणले हुने प्रजनन क्षमताको ह्रास, महिनावरीको हर्मोन सम्बन्धी समस्याले हुने गडबडी र महिनावारी रोकिने अवस्थामा हर्मोनको गडबडीले हुने समस्या (Perimenopausal Syndrome) हड्‍डी खिइने (Osteoporosis) समस्या, भिषामिन डि को कमीले हुने समस्या लगायत हर्मोन उत्पादन हुने कुनै पनि ग्रन्थी सम्बन्धी समस्या इन्डोक्राईनोलोजिस्टसँग परामर्श र उपचार गराउनु पर्ने समस्याहरू हुन् ।

शारीरिक मोटोपन (Obesity), हर्मोनको समस्याले हुने उच्‍च रक्तचाप (Endocrine Hypertension), Metabolic Syndrome, Polycystic Ovarian Syndrome पनि इन्डोक्राईनोलोजिस्टसँग परामर्श र उपचार गराउनुपर्ने समस्याहरू हुन् ।

माथि उल्‍लेखित रोग र समस्याहरू बाहेक इन्डोक्राइन ग्रन्थीका ट्‌यूमर/क्यान्सर र कोलेस्ट्रोल (Lipid Metabolism), सम्बन्धी समस्याहरू पनि इन्डोक्राईनोलोजिस्टका बिशेषज्ञता भित्र पर्दछन् ।

Meet Our Doctors

 २४ घण्टा इमरजेन्सी

डा. सविन चौलागाँइ

एम.बी.बी.स, एम.डी, इन्टरनल मेडिसिन, फेलो इन इन्डक्रिनोलोजी, डाइबिटिज एण्ड मेटाबोलिज्म

Make an Appointment