फिजियोथेरापी

फिजियोथेरापी त्यस्ता स्वास्थ्यकर्मीहरूसँग सम्बन्धित हुन्छ जसले चोटपटक, विरामीपन वा अशक्तताद्वारा प्रभावित भएकाहरूको शरीरका अंगहरू फेरि सुचारु हुन र कार्य गर्न मद्दत गर्छन् । यसले सहायता, रोकथाम, उपचार, पुनर्स्थापना तथा प्रत्यारोपणको माध्यमद्वारा जीवन तथा त्यसको चलायमान सम्भाव्यतालाई पहिचान गर्ने र त्यसको क्षमतालाई अभिवृद्धि गर्नेको कुरामा चासो राख्छ । यसैले जब तपाईं फिजियोथेरापी गर्ने चिकित्सकलाई भेट्नुहुन्छ उनले तपाईंलाई भेटेर परीक्षण गरी उपचारको योजना उपलब्ध गराउँछन् वा गराउँछिन् जसले तपाईंको शारीरिक, मानसिक र सामाजिक अवस्था पुनस्थार्पित गर्न मद्दत गर्नेछन् वा गर्नेछिन् ।

थप जानकारीको लागि हेर्नुहोस्:

https://www.collegept.org/patients/what-is-physiotherapy

शीमेएअका फिजियोथेरापिष्टहरूद्वारा उपचार सेवा उपलब्ध गराउने सामान्य अवस्थाहरू:

  • हाडजोर्नीको समस्याको कारणले गर्दा हुने काँधको दुःखाई, कुहिनो दुःखाइ, कम्मर दुःखाइ, तल्लो ढाड दुःखाइ, हिपको दुःखाइ, घुँडाको दुःखाइ, कुर्कुच्चाको दुःखाइहरू
  • न्यूरोलोजिकल अवस्थाहरू जस्तै स्ट्रोक, पार्किन्सन रोग, पेरिफेरिकल न्यूरोपाथी इत्यादि
  • महिलाका स्वास्थ्य अवस्थाहरू जस्तै पेल्भिक फ्‌लोर डिसअर्डर, एन्टनटल केयर, पोस्ट नटल केयर इत्यादि
  • बालरोगको अवस्था जस्तै सेलेब्रल पल्सी, बृद्धिमा ढिलाइ, स्वासप्रस्वासको अवस्था इत्यादि
  • cardiopulmonary conditions like COPD, bronchial asthma, pneumonia etc
  • अन्य: पोस्ट सर्जिकल रिहाबलिटेसन्, क्रिटिकल केयर रिहाबलिटेसन्, गेरिआट्रिक रिहाबलिटेसन् इत्यादि ।