एउटा निश्चित भौगोलिक क्षेत्रमा सहायता गर्दै उक्त क्षेत्रमा परिवर्तन ल्याउने
शिर मेमोरियल एड्भेन्टिस् अस्पताल मनमोहक प्राकृतिक सुन्दरता विपन्न रूपले गरीब भए तापनि न्यानो स्वागत गर्ने मानिसहरूको माझमा छ । संसारको गरीब देशहरूमध्येको एक नेपालका एक तिहाइ मानिसहरू गरीबीको रेखामुनि रहेका छन् । शिर रहेको ठाउँ बनेपा, नेपालका धेरै भेगहरूका मानिसहरूले स्वास्थ्य परामर्शको खर्च समेत तिर्न सक्दैनन्, जसको रकम प्रायः अमेरिकी १ डलर भन्दा तल हुने गर्छ ।
यसैले हामीले बेग्लै तरिकाले काम गर्छौं । पैसा तिर्न नसकेकोमा शिरबाट कोही पनि फर्केर जानुपर्दैन । बाटो, विजुली, वा पर्याप्त स्वास्थ्य सुविधाको अभावमा रहेको मानिसहरू कैयौं माइल परबाट हिँडेर आउँछन् । कतिपयले परिवारका विरामी सदस्यहरूलाई पछाडि बोकेर ल्याउँछन् यो जानेर कि तिनीहरूको आर्थिक हैसियत नभएता पनि हामी तिनीहरूलाई स्वागत गर्नेछौं ।
हाम्रो समुदायलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य र चाहना हो, अनि यो कुरा संसारभर रहेका उदारताका साथ सहायता गर्नुहुने दाताको सहयोगविना सम्भव हुन सक्दैन जसले हाम्रो समुदाय बाँच्न पाउनुपर्छ भन्ने विश्वास गर्नुहुन्छ ।

डा. हेक्टोर जी. गायेरस (प्रमुख कार्यकारी अधिकृत)
उपलब्ध सेवाहरू