हाम्रा साझेदारहरूले हामीलाई बढ्न सहायता गर्छन्

संसारका सबै कुनाहरूबाट चिकित्सकीय सहायता संस्था तथा निकायहरूका साथ हाम्रा साझेदारहरूले स्वयंसेवक चिकित्सकहरू उपलब्ध गराउँछन्, जसले हाम्रो समुदायको उपचार गर्न तथा हाम्रा चिकित्सकहरूलाई उत्तम चिकित्सकीय अभ्यास गर्न शिक्षा गर्न सहायता उपलब्ध गराउँछन् । तिनीहरू हाम्रो कोष संकलन गर्ने व्यक्तित्वहरू हुन् र शीर मेमोरियल अस्पताललाई आवश्यक पर्ने प्रशस्त दान तथा स्रोतहरू उपलब्ध गराउन मद्दत गर्छन् ।

Our Partnerships

५ बर्षको प्रतिवेदन:

हाम्रा साझेदारीहरू

१० बर्षभन्दा लामो समयदेखि, ग्लोबल इनिसियटिभ्सले सेन्च्युरा हेल्थ र एड्भेन्टिस्ट हेल्थ सिस्टमबाट नेपालको लागि पाठेघर खस्ने समस्याको सर्जरीको निम्ति स्वयंसेवकको टोलीहरू पठाएको छ । उहाँहरूको कोष उठाउने शाखा, रकी माउन्टेन एड्भेन्टिस्ट हेल्थकेयर फाउन्डेसनको साथमा हाम्रो अस्पतालमा गजबको परिवर्तन ल्याउनको लागि उदारचित्तसँग दिनुहुने दाताहहरूबाट हाम्रो कोष उठाउन समेत उहाँहरूले सहायता गरिरहनुभएको छ । नेपालको अतिरिक्त ग्लोबल हेल्थ इनिसियटिभ्सले पेरु, रुवान्डा, हाइटी, अनि तान्जानियामा समेत स्वयंसेवकहरू पठाउने कार्य गरेको छ ।
तपाईं कसरी संलग्न हुन सक्नुहुन्छ, हेर्नुहोस् ।

ग्लोबल हेल्थ इनिसियटिभ्स एण्ड रकी माउन्टेन एड्भेन्टिस्ट हेल्थकेयर फाउन्डेसन
डेन्भर, कोलोराडो, अमेरिका

द वुमन फर वुमन फाउन्डेसन (नेदरल्याण्ड) नेपाली महिलाहरूलाई स्वास्थ्य सुविधा उपलब्ध गराउने कुरामा जोड दिन्छ । यो स्वयंसेवक परियोजना नेपालमा रहेका महिलाहरूको स्वास्थ्यको बारेमा चासो राख्ने महिला पारिवारिक डाक्टरहरूद्वारा सुरुवात गरिएको हो । हाल उहाँहरूले पाठेघर खस्ने स्वास्थ्य समयस्याको सर्जरीको लागि बर्षको एक पटक नेपालमा एउटा टोली पठाउने गर्नुहुन्छ ।
फेसबुकमा उहाँहरूसँग जोडिनुहोस् ।

वुमन फर वुम फाउन्डेसन
नेदरल्याण्ड

सिड्नी एड्भेन्टिस्ट हस्पीटलको सान फाउन्डेसनको सहकार्यमा एडीआरए अस्ट्रेलिया/ओपन हर्ट इन्टरनेसनले वर्षको एकपटक पाठेघर खस्ने समस्याको उपचारको लागि र पुनर्स्थापनाको प्लास्टिक सर्जरीको लागि टोलीहरू पठाउने गर्छ । थप जानकारीको लिनुहोस् ।

सान फाउन्डेसनको सहकार्यमा सिड्नी एड्भेन्टिस्ट हस्पीटल
सिड्नी अष्ट्रेलिया

लोमा लिन्डाले शिक्षाको लागि नेपालमा आवासीय स्वास्थ्यकर्मीहरू पठाउँछ, र हाम्रो समुदायलाई अमूल्य स्वास्थ्य सेवा उपलब्ध गराउँछ । उनीहरूको आवासीय कार्यक्रमहरू हेर्नुहोस् । यदि तपाईं एलएलयुको विद्यार्थी हुनुहुन्छ भने, रोटेसन जानकारीको लागि कृपया SIMSको वेभसाइटमा हेर्नुहोस् । थप जानकारी लिनुहोस् ।

लोमा लिन्डा युनिवर्सिटी
लस एन्जेलस, क्यालिफोर्निया, युएसए

इएनटी (नाक, कान, घाँटी) हङकङ विश्‍वविद्यालयको टोली कान सम्बन्धी विशेष सर्जरीको लागि एकएमएएचमा आउँछ ।
उहाँहरूको कार्यक्रमको बारेमा थप जानकारी लिनुहोस् ।

हङकङ एड्भेन्टिस्ट अस्पतानल
हङकङ, चीन

एडीआरए जापानले विगत २० बर्षदेखि एसएमएएचमा ओठ चिरिएका तथा तालुसम्बन्धी सर्जरीहरू गरेर नेपाललाई सहयोग गरिराखेको छ । यो टोली बार्षिक रूपमा एसएमएएचका सर्जनहरूसित मिलेर क्षमता अभिवृद्धिको काम गर्छ र हरेक वर्ष दर्जनौ बालबालिकाहरूको जीवन रूपान्तरण गर्छ ।
उहाँहरूको कार्यक्रमको बारेमा थप जान्‍नुहोस् ।

एडीआरए
जापान